चालकसहित दुई कर्मचारीलाई कोरोना देखिएपछि सलमान खान आइसोलेसनमा

२०७७ मंसिर ४, बिहीबार
पढ्ने समय : < 1 मिनेट

मुम्बइ– बलिउड सुपरस्टार सलमान खानका चालकसहित दुइ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। उनीहरुलाई कोरोना संक्रमण भएपछि आफू आइसोलेसनमा रहेको सलमानले बताएका छन्।

बिग बोस १४ को होस्ट गरिरहेका उनी आगामी भागमा देखिने वा नदेखिने टुंगो लागेको छैन। यदि कोरोना पोजेटिभ आयो  भने उनको अनुपस्थितिमा अरु कसैलाई होस्ट गराउने वा रोक्ने भन्नेमा व्यवस्थापन छलफल गरिरहेको बताइएको छ।

सलमानले हालै राधे फिल्मको  पनि सुटिङ गरेका थिए। फिल्ममा उनीसँगै दिशा पटानी देखिनेछन्।

बलिउडले पछिल्लो दुई महिनादेखि आफ्ना नियमित काम सुरु गरेको छ। कोरोना महामारी र लकडाउनका कारण केही समय फिल्म सुटिङ रोकिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय