खुल्लम खुल्ला आह्वान गरिदिए हुन्छ “म मन्त्री भएबापत यति अर्ब राखे”, भनेर

२०७६ चैत्र १९, बुधबार
पढ्ने समय : < 1 मिनेट

सरकार ! बरु मार्छु भनेरै मार ।
किन ल्याउनु कीट अनि पीपीइ ?
खुल्लम खुल्ला आह्वान गरिदिए हुन्छ
“म मन्त्री भएबापत यति अर्ब राखे”, भनेर

यसैपनि शहरमा मान्छे बढेसँगै
जाम बढेको छ
महंगी बढेको छ
बेरोजगारी बढेको छ
स्वाश्थ्य, शिक्षा, खेतीयोग्य जमिनको अभाव बढेको छ
यो नर्स, डाक्टर, व्यवसायी
गरिब, निमुखा, रोगी
भरिया, दैनिक ज्याला मजदुरी
परिवार छाडेर खुशी किन्न हिँडेकाहरुलाई
यसैपनि यो सरकारको राज्यमा
जनताले बाँच्ने अनुमती छैन ।

हुन त सरकारसम्म किन पुग्नु
साथीले नै बुझ्दैन मर्म भने (प्रहरी मेरो साथी)
साथ दिने पो साथी
काठ, लात, मात दिने कस्तो साथी ?
कोहि रुँदै छन् घर जान नपाएर
कोहि खान नपाएर
सुनिन्छ आज यता यो बाढ्डैछ रे
कुटिन्छ, लखेटिन्छ आशा बोकेर जानेहरु
पिठ्युँमा बिरामी लाला बालक बोक्दै जानेहरु
फर्किन्छन् “सबै रोग निको पार्छौं” भनेर
रेडियो, टिभीमा भट्याउने ठूलाठूला अस्पतालहरुका गेटबाटै
भने हुन्छ “यो अस्पताल होइन, आर्यघाट हो” भनेर

आज पसिना बगाउँछु
रगत चुहाउँछु भन्ने मिहिनेती हातहरु
निर्लज्ज फिजिएका छ्न्
आफ्नो श्रीमान्, श्रीमती, बालबच्चाको अनुहार सम्झिदै
हरेकको दैलो अगाडि
बरर आँसु चुहिँदै ।

सरकार ! बरु सिधै मार ।
हामीसँग कुनै शक्ति छैन
तिमीलाई परास्त गर्न सक्ने
आँट छैन यी औंलाहरुलाई
जुन तिम्रा लागि तेर्स्याउ
यी दुई/चार जना
चोकमा रमाइला हेर्न हिँडेकाहरुसँग
सबैलाई नदाजियोस्
एउटै घानमा नगाँजियोस्

सरकार ! कस्तो इन्द्रिय लिएर जन्मियौं ?
न सुन्छौं चीत्कार । न देख्छौं वेदना ।
न गर्छौ महसुस । न बुझ्ने कोसिस नै ।

हामी मुसा भएका छौ
जो पिँजडामा थुनिएका छन्
र डुबाइका छन् आधा पानी भएको भाँडोमा
विरक्तीसके यहाँ मरेर बाँच्न
त्यही भएर
सरकार ! बरु भनेरै मार ।।

– इँगिहोपो कोँइच सुनुवार

फेसबुकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page