कोभिड-१९ रोग नियन्त्रण सम्बन्धि बाँके जिल्लामा गरिएका अनुकरणीय उत्कृष्ट कार्यहरु

२०७७ मंसिर २४, बुधबार
पढ्ने समय : 4 मिनेट

 

नरेश बाबु श्रेष्ठ
कोरोना फोकल पर्सन
स्वास्थ्य कार्यालय, बर्दिया

सन २०१७ को नोभेम्वर १७ तारिखमा चिनको हुवान प्रान्तमा ५५ वर्षिया महिलालाई कोरोना देखिए पश्चात विश्व स्वास्थ्य संगठनले ३१ डिसम्वर २०१९ मा यो श्वास प्रश्वास सम्वन्धी समस्याहुने रोगलाई SARS-COV-2 बाट हुने COVID-19 रोग भनि नामाकरण गरियो र विभिन्न देशहरुमा फैलिदै गए पश्चात यसरोग लाई विश्व स्वास्थ्य संगठनले ३० जनवरी २०२० (२०७६ फाल्गुण १६ गते) मा Public Health Emergency of International Concern र ११ मार्च २०२० (२०७६ फाल्गुण २८ गते) कोरोना भाईरसको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरियो ।

नेपालमा पनि चिनको हुवान प्रान्तवाट फर्कियको विद्यार्थीमा देखिए लगत्तै नेपाल सरकारवाट रोकथाममा सतकर्ता अपनाउने निति अनुरुप बाँके जिल्लामा पनि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र गठन भई सक्रियता पुर्वक रोग रोकथाम र नियन्त्रणका क्षेत्रमा काम गर्न थालेको हो । नेपालमा पहिलो केश देखापर्ने वित्तिकै बाँके जिल्लामा पनि रोग आउन सक्ने सम्भावनालाई मध्य नजर गर्दै रोग रोकथाम र नियन्त्रण संग सम्वन्धीत सरोकारवालाहरुको छलफल तथा वैठकहरु निरन्तर रुपमा हुँदै आएका छन । नेपाल सरकारले महामारी प्रकोपको संवेदनशिलता लाई ध्यानमा राखि २०७६ चैत्र ११ गते वाट राष्ट्रव्यापी को घोषणा गरे लगतै प्रत्येक्ष रुपमा यस जिल्लामा स्वास्थ्यकर्मीहरु संग संगै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी अग्रभागमा रहि सेवा प्रदान गरि रहनु भएको छ ।

बाँके जिल्लामा नेपालगंज उप.म.न.पा. वडा नं. ८ को मदरासा मा अध्यापन गर्ने ६० वर्षिय पुरुषमा २०७७ बैषाख १९ गते पहिलो केशका रुपमा देखा परेपछि यो जिल्ला पनि अति संबेदन शिल जिल्लाका रुपमा देखा परयो । त्यस पछिका दिनहरुमा यस जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी एउटै टिमका रुपमा रोग नियन्त्रण तथा रोकथामका लागी जनचेतना मुलक कार्यक्रम संचालनका बाहिरी देश वा प्रकोप बढि भएको जिल्ला वा स्थान वाट आउने शंकास्पद व्यक्तीहरुलाई क्वारेन्टाईन व्यवस्थापन अतिरिक्त शंकास्पद विरामीहरुकोपिसिआर जाँच,कोभिड-१९ पुष्टी भएका बिरामीहरुलाई आईसोलेसन मा सार्ने र सुरक्षा प्रदान गर्ने साथै लकडाउनको पुर्ण पालना गराई रोग नियन्त्रण गर्ने अभियानका अतिरिक्त कोभिड-१९ का कारण बाट यस जिल्लाका अस्पताल तथा समुदायमा हाल सम्म मृत्यु भएका १०५ भन्दा वढि शवहरुको व्यवस्थापन समेत नेपाली सेनाले गरेको छ ।

सेना नागरिक सम्वन्ध कायम तथा विस्तार कोभिड-१९ रोकथाम, नियन्त्रण तथा सुरक्षा कार्यमा गरेका उल्लेखनिय कार्य र उपलव्धीहरु:-

बाँके जिल्लामा कोभिड-१९ रोग रोकथाम नियन्त्रणका लागी प्रमुख जिल्ला अधिकारी ज्युको संयोजकत्वमा रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मातहतमा रहि नेपाली सेनाले अग्रपंत्तीमा रहि नागरिकलाई कोरोनाबाट बचाउन सबै क्षेत्रमा उल्लेखनिय सेवा प्रदान गरेको छ ।

१. क्वारेन्टाईन व्यवस्थापनः– लकडाउनको बेला जिल्लामा संचालनमा रहेका १२७ भन्दा वढि क्वारेन्टाईन साईटको व्यवस्थापन गर्न नेपाली सेनाले सो साईटमा पाल वितरण, खानाको तत्काल व्यवस्थापन, यातायात, वस्ने सुत्ने वन्दोवस्तीका सामानको व्यवस्थापन लगाएत क्वारेन्टाईनमा १४ दिन वस्ने व्यक्तीहरुले वाहिर गई अरु व्यक्तीलाई रोग सार्ने अवस्था नआवस भनि सुरक्षा प्रदान गर्ने सेवा समेत प्रदान गरेको थियो ।

२. आईसोलेसन व्यवस्थापनः–  २०७६ बैशाख १९ गतेबाट कोभिड-१९ पोजेटिभ देखा पर्न लागे देखि जिल्लामा संचालनमा रहेका २९ भन्दा बढी आईसोलेसन स्थानको व्यवस्थापन गर्न नेपाली सेनाले सो स्थान पाल वितरण, खानाको तत्काल व्यवस्थापन, यातायात, बस्ने सुत्ने  बन्दोबस्त व्यवस्थापन लगाएत आईसोलेसनमा १४ दिन बस्ने व्यक्तिहरुलाई बाहिर गई अरु व्यक्तीलाई रोग सार्ने अवस्था नआओस भनि सुरक्षा प्रदान गर्दै आएको छ ।

३. शंकास्पद विरामीको पिसिआर जाँचमा सहयोग तथा सहजिकरणः– बाँके जिल्लामा हाल सम्म ४०,००० भन्दा वढि व्यक्तीहरुको पिसिआर परिक्षण गरिएको छ । सुरुका अति संवेदनशिल दिनहरुमा पिसिआर परिक्षणका लागी स्थान छनोट, पिसिआर परिक्षण स्थान निर्माण र जाँचका लागी सुरक्षा प्रवन्ध समेत बाँके जिल्लामा नेपाली सेनाले गदै आएको छ ।

४. बाहिरि जिल्लाको पिसिआर जाँचमा सहयोगः– कोभिड-१९  पिसिआर नमूना कलेक्सनमा जनशक्तीको अभाव भएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा बाँके जिल्लामा रहेको नेपाली सेनाको टिमले अछाम जिल्ला समेत गरि ५०० भन्दा बढी नमूना (sample) कलेक्सन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाई परिक्षणमा सहयोग गरेको थियो ।

५. कोभिड-१९ नमूना पठाउनमा सहयोग तथा व्यवस्थापन:-  कोभिड-१९ नमुना कलेक्सन लकडाउनको अवधिमा पिसिआर प्रयोगशाला स्थापना नभएको समयमा नमुना परिक्षणको लागि प्लेन र हेलिकप्टरबाट समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाई परिक्षणमा सहयोग गरेको थियो ।

६.नरैनापुर कोभिड-१९ हटस्पोट मा रोग नियन्त्रण तथा सामान्नीकरणः–  २०७७ बैशाष ३१ गते एकै दिनमा ५९ कोभिड-१९ पोजेटिभ केश देखिए । २ हप्ता भित्र पोजेटिभ केश संख्या ११९ जना पुगे पछि त्यस बेलाको अवस्था एकदमै चुनौति पुर्ण थियो । त्यस बेलाको अति संवेदन शिल अवस्थामा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको निर्णय अनुसार त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरि नेपाली सेनाको मेजरको नेतृत्वमा कोभिड-१९ वेस क्याम्प स्थापना गरि समुदायमा जनचेतना फैलाउने , दुरी कायम गर्ने , क्वारेन्टाईन व्यवस्थापन गर्ने, सामुदायिक सदभाव कायम गर्ने, कोभिड-१९ केशहरुलाई आईसोलेसन सेन्टर सम्म पुरयाउने र सुरक्षा प्रदान गर्नेकाममा स्वयं नेपाली सेनाका कर्णेल नकुल थापा आफै खटिनु भएको थियो भने बाँके जिल्लामा २०७७ जेष्ठ ३ गते नरैनापुरको क्वारेन्टाईनमा भएको कोभिड-१९ पोजेटिभ मृतकको शव व्यवस्थापन समेत नेपाली सेनाकै नेतृत्वबाट सुरुवात भएको देखिन्छ ।

७. होल्डीङ सेन्टरमा जाँचमा सहयोग संचालन तथा व्यवस्थापनः– लकडाउनको अवधि भर भारत बाट नेपाल भित्रने व्यक्तीहरुमा रोगको उच्च जोखिम भएको हुँदा विगतमा नेपाल भारतको जमुना नाकामा होल्डीङ सेन्टर स्थापना गरि रोग नियन्त्रण तथा रोकथामका लागी जिल्ला भित्रका शंकास्पद व्यक्तीहरुलाई जिल्ला भित्रका क्वारेन्टाईनमा पठाउने र जिल्ला भित्रका नेपाल भित्रने व्यक्तीहरुलाई प्रमुख जिल्ला अधिकारी ज्यु संगको समन्वयमा सम्वन्धीत जिल्ला सम्म पठाउने प्रवन्ध मिलाउन सहकार्य गर्दै आएको थियो ।

कोभिड-१९का प्रतीकात्मक केशहरु बढे लगतै बाँके जिल्लाका र वाहिर जिल्लाका उपचार गर्न आउने विरामीहरुको मृत्यु दर यस जिल्लाका अस्पताल तथा समुदायमा बढदै गएको छ । जिल्लामा शव व्यवस्थापन कार्यलाई व्यवस्थित गराउन प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ ज्युको नेतृत्वमा हाल सम्म मृत्यु भएका १०५ भन्दा वढि शवहरुको व्यवस्थापन नेपाली सेनाले बाँके जिल्लामा गरि सकेको छ ।

कोभिड-१९ रोग नियन्त्रण तथा व्यवस्थापनमा नेपाली सेनाको टिम २४ सै घण्टा तयारी अवस्थामा रहेकै कारण सर्व साधारण तथा जनता सामु नेपाली सेना बाँके जिल्लामा देशकै उत्कृष्ठ उदारणीय बनेको छ । कोभिड-१९ रोग नियन्त्रण तथा व्यवस्थापनमा देशकै उदाहरणीय जिल्ला वनाउन सफल बाँके जिल्ला प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र संयोजक तथा उत्कृष्ट कुशल प्रशासक राम बहादुर कुरुम्वाङ ज्यु, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानिय तहको सम्पुर्ण टिम, भेरी अस्पताल तथा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालको चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीको टिम तथा बाँके जिल्लामा काम गर्नका लागी उचित वातावरण तयार गर्दै सधै हौसला प्रदान गर्नुहुने मिडियाकर्मी  मित्रहरुलाई उच्च सम्मानका साथै धन्यवादका पात्र हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय