कोभिड – १९  महामारीको समयमा नानिबाबुको लागि असल  अभिभावकको  महत्त्व ।

२०७७ बैशाख ८, सोमबार
पढ्ने समय : 5 मिनेट

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड – १९ ( COVID 19)  कोरोनाभाइरस चीनको बुहान शहरबाट सुरु भइ अहिले बिश्वका झन्डै २०० भन्दा बढी राष्ट्रहरु आक्रन्त छ्न।विद्यमान अवस्थामा कोरोना भाइरसको संक्रमण विश्वव्यापी स्वास्थ्य संकट बनेको छ। हामीभन्दा धेरै विकसित, ठूला अर्थतन्त्र भएका र राम्रो स्वास्थ्य उपचारको व्यवस्था भएका भनिएका देशहरू पनि यो संकटबाट नराम्ररी थला परिरहेका छन्। नेपाल आफैं पनि संक्रमणको उच्च जोखिममा छ। संक्रमणको जोखिम कम  गर्न नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउनले नेपालका सबै बिद्यालयहरु यति बेला पुर्ण रुपमा बन्द छ्न। अत्यावश्यक सामग्रीका पसलहरु बाहेक सबै बजारहरु बन्द रहेका छन् भने मानिसहरुलाई घर बाहिर निस्कन समेत प्रतिबन्ध लगाईएको छ। हतार हतारमा शैक्षिकसत्र २०७६ को अन्तिम परिक्षा बिद्यालयले सकेता पनि परिक्षाफल कसरी र कहिले निकाल्ने भन्ने समस्या परेको छ भने  एसइइ(SEE) तथा एघार र बाह्र कक्षाका विद्यार्थीहरु देशमा कोभिड – १९ (COVID 19 )कोरोनाको असर फैलिन नदिन सरकारद्वारा जारी लकडाउनले परिक्षा स्थगित भएकाले लकडाउन खुले पछि  र स्थगित भएका परिक्षा सञ्चालन हुने पर्खाईमा  विद्यार्थीहरु रहेका छन्। यो समयमा हाम्रा नानी बाबुहरु हामी अभिभावक सङसङै दिन बिताइरहेका छ्न । हिजो हामीलाई हाम्रा सन्तान लाई समय ब्यवस्थापन गर्न नपाउदा हामी दुखी थियौ ।तर आज हामी सङ्ग प्रयाप्त समय छ।यो समयमा हामी कसरी हाम्रा नानीबाबुहरु लाई सिर्जनशिल र असल नागरिक बनाउन अभिभावकले पारिवारिक संस्कार सिकाउन महत्त्वपूर्ण छ। बालबच्चालाई जन्म दिएर मात्र अभिभावक बन्न सकिदैन । उनीहरुलाई पालनपोषण गरेर मात्र अभिभावकको अभिभारा पुरा हुँदैन । उनीहरुलाई पढाएर मात्र अभिभावकको दायित्व पूर्ण हुँदैन ।

खासमा त बालबालिकालाई उचित किसिमको असल  अभिभावकत्व दिनुपर्छ । छोराछोरी  हुर्काउनु, बढाउनु आफ्नो ठाउँमा छ । उनीहरुलाई शिक्षा-दिक्षा दिलाउनु पनि आफ्नो ठाउँमा छ । त्यो भन्दा महत्वपूर्ण चाहि अब हुर्कने बालबालिकालाई पारिवारिक संस्कार, सामाजिक मूल्यबारे बोध पनि हुनुपर्छ । यसका लागि अभिभावकले मूख्य भूमिका निर्वाह  खेल्नुपर्छ ।
नेपालका अधिकांश अभिभावकको गुनासो हुन्छ, धेरै पैसा खर्च गर्दा पनि सोचेअनुरूप सन्तानको प्रतिफल पाइरहेका छैनौँ । पैसा मात्र खर्च गरेर बच्चालाई उत्तम बनाउन सकिँदैन । त्यसका लागि उनीहरूको इच्छा, भावना बुझ्न जरुरी छ । अन्यथा, कुलत तथा गलत संगतमा फस्न सक्छन् । असल अभिभावक बन्न यति बेला महत्त्वपूर्ण समय आएको छ जुन यो लकडाउनमा अभिभावकले यस्ता कुरामा ध्यान दिनु फाइदाजनक हुन्छ :

छोराछोरीलाई गुणस्तर समय दिने ।

आजभोलिका अभिभावक सबै  आ -आफ्नो पेसामा नै व्यस्त छन् र पनि प्रत्येक दिन २५ -३० मिनेट समय छुट्ट्याएर छोराछोरीसँग अध्यन गर्दा संगै छेउमा गएर बस्ने , साथीहरूका बारेमा बुझ्ने र गृहकार्य केकति छ आफूले सहयोग गर्न सकिन्छ कि सोध्ने गर्नुपर्दछ । जहिले पनि आफू व्यस्त भएकाले बताउने र समय नदिने अनि छोराछोरीलाई आफैं मेहनत गर भनेर अराउने, केकति पढ्यौ, कति समय पढाइमा दियौ, टीभी हेर्‌यो कि हेरेन, कम्प्युटरमा धेरै बस्यो कि फेसबुक चलायो कि जस्ता प्रश्न बर्साएको कुनै पनि केटाकेटीलाई मन पर्दैन। यस्ता किसिमका अनावश्यक प्रश्नहरु नगर्ने

माया र उनिहरुलाई प्रोत्साहन गर्ने।

कुनै पनि बच्चा माया गरेर बिग्रँदैनन ,बच्चाहरू स्वभावैले प्रेमका भोका हुन्छन् । बच्चाहरू अभिभावकको ध्यान आफूतिर होस् भन्ने चाहन्छन् । त्यसैले उनीहरूलाई ध्यान बढी दिनुपर्छ । उनीहरूलाई बिरामी हुँदा बढी माया गर्ने गर्नु हुँदैन । अरू वेलाजस्तै ठिक्क प्रेम गर्ने तर औषधोपचारमा बढी ध्यान दिने गर्नुपर्छ । किनकि, बच्चाहरूले बिरामी हुँदा बढी प्रेम गर्छ भन्ने थाहा भयो भने अवचेतन रूपमा बिरामी हुन चाहने हुन सक्छ । त्यसैले चाहिनेभन्दा बढी संरक्षण गर्नु हुँदैन । यसले उनीहरूमा आत्मविश्वासमा कमी ल्याउँछ ।
अल्बर्ट आइन्स्टाइन कक्षा ६ मा पढ्दै गर्दा अभिभावकलाई विद्यालयबाट पत्र आयो । जसमा लेखिएको थियो, ‘तिम्रो छोराले पढ्न सक्दैन, अरू विद्यार्थीसँग स्तर नै मिल्दैन । त्यसैले भोलिदेखि विद्यालय नपठाउनू ।’ आमाले पत्र पढेर आइन्स्टाइनलाई भन्नुभयो, ‘बाबु, विद्यालयले भनेको छ, तिम्रो पढाइको स्तर अरू विद्यार्थीभन्दा उच्च छ, विद्यालयले तिम्रो स्तरलाई पढाउन सक्दैन रे, त्यसैले तिमी भोलिदेखि घरमै बसेर अध्ययन गर्नू ।’ आइन्स्टाइनले विश्वास गर्नुभयो र घरमै अध्ययन गर्न थाल्नुभयो । उनै आइन्स्टाइनलाई आज हामी भौतिकशास्त्रका वैज्ञानिक भनेर चिन्छौं, जसले क्वान्टम थ्योरी पत्ता लगाएर विश्वलाई ठूलो योगदान पुर्‌याएका छन् । प्रोत्सान र हौसलाले बच्चालाई सफल बनाउन मद्दत गर्द्छ।

सहयोगी बन्न सिकाउनु होस।

सेयर गर्ने र सहयोगी बानी महत्वपुर्ण कुरा हो । संसार यसैमा टिकेको छ । धेरै बच्चाहरु आफ्नो चिज बाड्न चाहदैनन्, तर यो गलत हो । यो वानी सानो हुँदा त राम्रो हुन्छ तर ठुलो भएपछि यस्तो बच्चा कडा, असंवेदनशिल, भावहिन, निर्दयी बन्छ । त्यसैले बच्चालाई हरेक कुरा बाड्न सिकाउनुहोस ।

सन्तुलित खानेकुरा खुवाउने

बच्चालाई पोषणयुक्त सन्तुलित खानेकुरा खुवाउन ध्यान दिनुपर्छ । बच्चालाई प्याकिङ फुड, जंकफुडहरू खुवाउनु हुँदैन । चाउचाउ सजिलो हुने हुँदा धेरैले प्रयोग गर्छन् । तर, धेरै चाउचाउ खाँदा पनि असर पुर्‍याउँछ । त्यसैले बदाम, ओखरको गुदी मात्रा मिलाएर खुवाउँदा बच्चाको मस्तिष्कलाई फाइदा हुन्छ ।र प्रशस्त पानी पिलाउने।

बिधुतिय प्रबिधिको प्रयोग कम गर्न दिने।

अहिले बच्चाहरूलाई सानैदेखि मोबाइल, ट्याबजस्ता ग्याजेट प्रयोग गर्न सिकाइन्छ । यसले बच्चालाई भुलाउन, अल्मल्याउन त सकिन्छ, तर शारीरिक तथा मानसिक असर पुर्‍याउन सक्छ । यस्तो बानीले अभिभावकलाई केही समय स्वतन्त्रता त मिल्ला तर बच्चालाई धेरै असर पुर्‍याउँछ । धेरै मोबाइल चलाउँदा आँखाको समस्या, बढी निहुरिँदा गर्दनको समस्या, एकोहोरो हेर्दा मानसिक समस्या हुन सक्छ । त्यसैले अभिभावकले सुरुमै सोच्नु आवश्यक छ । धेरै बानी परेपछि हटाउन असाध्य कठिन हुन्छ ।

समसामयिक परिस्थितिको जानकारी दिने।

अहिलेको पुस्तालाई समयले निकै प्रभावित पारेको छ ।अभिभावकले बच्चाको परिस्थिति बुझ्नु जरुरी छ र उसलाई त्यो कुरा बुझाउनु पनि जरुरी छ । बच्चालाई हाम्रो जमानामा हामीले यस्तो गथ्र्याैं उस्तो गथ्र्यौं भनेर त्यतातिर लैजान जोड नगर्नुहोस् किनभने उसबेलाको र आजको परिस्थिति निकै फरक भइसकेको छ । त्यस्तो गराउनतिर लागियो भने आफ्नो बच्चा साथीभाइ, समाजबाट अलग्गिएको जस्तो अनुभव गर्छ त्यसैले आफ्नो बच्चालाई युग सुहाउँदो वातावरण बनाइदिनोस् । उसलाई जे गर्दा साथीभाइबीचमा घनिष्ठ सम्बन्ध स्थापित हुन्छ त्यतातिर लाग्नुहोस् । उसलाई समसामयिक वातावरणभित्र राख्नुपर्छ । बल्ल त साथीभाइ, समाजमा ऊ घुलमिल हुन सक्छ । त्यसैले तपाईंले उसलाई युग सुहाउँदो वातावरणको सृजना गरिदिनुहोस् ।

सन्तानलाई  कसै सङ्ग तुलना नगर्नुहोस् ।

खलिल जिब्रानले भन्नु भएको छ ‘तपाईंका नानीहरू तपाईंका होइनन्, उनीहरू त आफ्नो निजी जीवनका वाहक हुन् । उनीहरू तपाईंका माध्यमबाट आएका हुन्, तपाईंबाट होइनन् त्यसैले उनीहरू आफ्नो जीवनप्रति उत्तरदायी छन्, तपाईंप्रति होइन ।’
तपाईं हाम्रा सन्तान प्रकृतिक रुपमा खादीएर आएका छ्न उनिहरु सङ्ग निकै फरक प्रतिभा छ तर हामी पटक -पटक सन्तानलाई अरुका सन्तान सङ्ग तुलना गर्छौ जुन सन्तानलाई  अरु जस्तो बनाउन खोज्दा सन्तान बिग्रन्छ्न।

यति बेला घरामा जीवनका उपयोगी हुने बानी सिकाउनु होस।

* बिहानै उठेर आफ्नो सुत्ने कोठा सरसफाइ र  बिस्तारा आफैं मिलाउन सिकाउनु होस्।
* खाना पकाउदा संगै भान्सामा सक्ने काममा लगाउनु होस।  आफुले खाना खाएका भाडाकुडिहरु सफा आफै गर्नुदिनु होस।
* खाना पकाउँदा चाहिने सबै समानको नाम बताइ दिनुहोस्।
* परिवारमा खाना कति  पाग्छ र कसरि बनाइन्छ ,तरकारी कसरी काट्ने भाडाकुडाको नाम जानकारी गराउने।
* आफ्नो पुस्ता बारे जान्कारी गराउनुहोस र ती पुस्ताको पेसा के थियो त्यो बारे जानकारी दिनुहोस।
* नानी बाबुले सक्ने काम आफै गर्न दिनु होस जस्तै:कपडा सरसफाइ ,फुलबारिमा पानी हाल्ने, जस्ता क्रियाकलापमा ध्यान दिनुहोस।
* राति सुत्ने समयमा बच्चालाई असल कहानीहरु सुनाउनुस् ।
बच्चाको हरेक काममा गहिरो चासो देखाउनुस् ।
* घरमा लामो समय देखि थन्किएका  विभिन्न धार्मिक पुस्तकहरू जस्तै रामायण, महाभारत, कुरान, बाइबल, मुन्धुम,  सामान्य ज्ञान आदि पढ्न लगाउनु होस जसले बच्चामा नैतिक चरित्रवान् बन्न सहयोग गर्छ।
*विभिन्न सिपमुलक क्रियाकलाप जस्तै चित्र कोर्ने ,हातबाट बनाउने सामाग्री बुन्न लगाउने,बाध्यबाधनहरु बजाउन सिकाउने।
* बिहान विभिन्न शारीरिक ब्याम,ध्यान गर्न सिकाउनुहोस *बालबालिकामा शारीरिक तथा मानसिक तन्दुरुस्तिको विकास हुन मद्दत पुग्दछ।

त्यसैले बच्चाहरुको पहिलो पाठशाला घर हो, र पहिलो शिक्षक आमा–बुवा हुन् । बच्चा भनेको काँचो माटो जस्तै हो, जसलाई जस्तो आकारमा पनि ढाल्न सकिन्छ । जस्तो आकारको बनाउन चाहे पनि बनाउन सकिन्छ । बच्चा जन्मने वित्तिकै देखि जे सिक्छ, त्यो आफ्नो अभिभावकबाट नै सिक्छ । यो महामारीमा आफ्ना नानीबाबु सङ्ग महत्त्वपूर्ण समय बिताएर एउटा असल नागरिक बनाउन मद्दत गर्नुहोस।

लेखक
क्षेत्र प्रसाद ज्ञवाली
Motivational Speaker ,Leadership Trainer.
सिईओ (ग्लोबल स्किल डेभलपमेन्ट नेपाल ,सुर्खेत )।

facebook

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page