कर्णाली प्रदेशले किसानलाई भैसी वितरण

२०७७ असार १४, आईतवार
पढ्ने समय : < 1 मिनेट

सुर्खेत । पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशले किसानलाई ६५ लाख बढी रकम बराबरका ५० वटा भैसी वितरण गरेको छ । जिल्लाको बराहताल गाउँपालिका वडा नम्बर ५ सुन्दरी गाउँका ४१ जना किसानलाई निर्देशनालयले आइतबार एक राँगो सहित २६ र केहीदिनअघि २५ वटा भैसी वितरण गरेको हो । निर्देशनालयका निमित्त निर्देशक खड्कबहादुर सिंजाली, अधिकृत मोहन गिरी लगायतको उपस्थितिमा आइतबार किसानहरुलाइ भैसी वितरण गरिएको हो ।
दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भैंसी वितरण गरिएको निर्देशनालयका अधिकृत गिरीले जानकारी दिए ।

उनका अनुसार निर्देशनालयले ४७ लाख ५० हजार र बाँकी किसानको गरि ६५ लाख बढी लगानीमा भैंसी खरिद गरेर वितरण गरिएको हो ।

एक भैसीको मूल्य १ लाख ३० हजार जति परेको सुन्दरी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष रत्नलाल सुवेदीले वताए । निर्देशनालयले गतबर्षपनि किसानलाई भैसी वितरण गरेको थियो । सुन्दरी गाउँका प्रत्येक किसानले उत्पादन गरेको दुध सुर्खेतको डेरी उद्योगले किन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page