कर्णाली प्रदेशमा थप ४६ जना कोरोना संक्रमित

२०७७ असार ६, शनिबार
पढ्ने समय : < 1 मिनेट

महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारी अनुसार प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत २० जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा २६ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत २० जनामध्ये १ जना जाजरकोटका र १९ जना दैलेख जिल्लाको रहेको महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

डा. तिवारीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा गरिएको परीक्षणमा सल्यानका २६ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

पछिल्लो संक्रमितको संख्या गरेर कर्णालीमा कूल संक्रमितको संख्या १२४५ जना पुगेका छन् ।

‘प्रदेश अस्पताल सुर्खेतबाट ७ जना र लेकबेसी नगरपालिका आइसोलेसन कक्षमा उपचार गराई रहेका २ जना संक्रमित कारोना जितेका छन् ।’ महाशाखका प्रमुख डा. तिवारीले भने, ‘गएको असार ४ गते दैलेख जिल्लामा ८६ संक्रमित भएको भनिएपनि त्यो दिनमा दैलेख जिल्लामा ५२ जना संक्रमित रहेको र कर्णाली प्रदेशमा त्यो दिन संक्रमित संख्या ८६ मात्र रहेका छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page