कर्णालीमा कोरोना संक्रमणका ३७ जना

२०७७ जेष्ठ ३१, शनिबार
पढ्ने समय : < 1 मिनेट

कर्णालीमा कोरोना संक्रमणका ३७ जना थपिएका छन् । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कोरोना ३७ जना संक्रमित फेला परेका हुन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका ३ जनामा कोरोना संक्रमण फेला परेका हो ।

कर्णालीका यो सँगै ७०८ कोरोना संक्रमित पुगेका छन् ।
७०८ संक्रमितमध्ये दैलेखमा ३८६, सुर्खेतमा १०६, सल्यानमा १३७, जुम्लामा २४ कालिकोटमा २८, मुगुमा २, डोल्पा १ हुम्लामा १ र जाजरकोटमा ८ जना कोरोना संक्रमित रहेका छन् ।

कर्णाली प्रदेशमा बाहिरी जिल्लाका बाजुरा १, अछाम १०, बझाङ १ जना, हुम्ला १, जाजरकोट १, रामेछाप १ र गोरखा १, रहेका छन् ।

कर्णालीमा कोरोना संक्रमित ११ जना कोरोना जितेर घर गएका छन् । कोरोनाका कारणले कर्णालीमा तीन जना मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page