ओली समूहको केन्द्रीय कमिटी बैठक वालुवाटारमा सुरु

२०७७ पुष ७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूहको केन्द्रीय कमिटीको बैठक वालुवाटारमा सुरु भएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल सहभागी नभएको स्रोतले जनाकारी दियाे । स्रोतका अनुसार बादल आफू निकट नेताहरुसँग परामर्शमा छन् । आज बिहान मात्रै अर्का अध्यक्ष प्रचण्ड पुल्चोकस्थित उनको निवासमा पुगेका थिए ।

बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा सहभागी भएका छन् । बैठकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुलाई कारबाहीको निर्णय बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page