एनआईसी बैंकको ‘फोटो–पात्रो २०७८’ प्रतियोगिता सार्वजनिक

२०७७ मंसिर १०, बुधबार
पढ्ने समय : < 1 मिनेट

काठमाण्डौं(हास)– एनआईसी एशिया बैंकले ‘फोटो–पात्रो २०७८’ प्रतियोगिता सार्वजनिक गरेको छ ।

                   फोटो खिच्ने कौशललाई कदर गर्दै ०७८ सालको क्यालेन्डरमा कैद गरिएका फोटोलाई स्थान दिन देश तथा विदेशका सम्पूर्ण ग्राहकहरुलाई सहभागी हुन अपिल गर्दै ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता बैंकले बुधबार सार्वजनिक गरेको हो ।
बैंकका अनुसार प्रतियोगितामा इच्छुक सहभागीले सिजन, होेप यान्ड पोजेटिभीटि, लाइफस्टाइल र फ्रेन्डसिप विधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सकिनेछ भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी बैंकको लिंकमा अपलोड गर्नुपर्नेछ । उत्कृष्ट १२ फोटोहरूलाई नयाँ वर्ष ०७८ सालको क्यालेण्डरमा प्रकाशन र प्रतिफोटो १० हजार रुपैँया नगद पुरस्कार प्रदान गर्ने बैंकले जनाएको छ ।
उक्त प्रतियोगितामा सामेल हुन नसकेका अन्य आकर्षक उत्कृष्ट १२ फोटोहरूलाई सम्मानस्वरूप सामाजिक सञ्जालका माध्यमहरू एवं   विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा भाग लिदाँ पठाउनुपर्ने फोटोका पिक्सल, साइज, रिजोलुसन र ल्याण्डस्केप सम्बन्धी विस्तृत जानकारी वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङमार्फत् सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको जिकिर छ । २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका बैंकको विश्वास छ । उत्तरदायी बंैकिङको अभ्यास गर्दै आएकोले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा र कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page