
मुम्बई उच्च अदालतले बिएमसीलाई १३ जनवरीसम्म बलिउड अभिनेता सोनु सुदको भवनमा कुनै कारबाही नगर्न निर्देशन दिएको छ । उच्च अदालतको यो निर्देशनपछि कानुनी झमेलामा परेका सोनुलाई केही राहत मिलेको छ ।
जुहुस्थित आफ्नो घरलाई विना अनुमति होटलमा परिणत गरेको आरोपमा बिएमसीले केही दिन अघि सोनुविरुद्ध उजुरी गरेको थियो । त्यसपछि सोनुले मुम्बई अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले सोनुको उजुरीपछि आगामी जनवरी १३ सम्म कारबाही नगर्न निर्देशन दिएको हो ।

उच्च अदालतमा दिएको निवेदनमा सोनुले आफूले आफ्नो भवनमा कुनै अवैध र अनधिकृत निर्माण नगरेको उल्लेख गरेका थिए । उनले बिएमसीको अनुमति लिनु पर्ने गरी भवनमा आफूले कुनै परिवर्तन नगरेको पनि बताएका थिए ।
सोनुले आफ्नो घर व्यापार व्यवसायका लागि नभइ कोरोनासँग लडिरहेका बिरामीहरूका लागि होटलमा परिणत गराएका थिए ।