आफ्नो जीवनीमा धेरै फिल्म बने पनि जम्मा दुई वटा फिल्म हेर्ने महात्मा गान्धी

२०७७ माघ १७, शनिबार
पढ्ने समय : < 1 मिनेट

मुम्बई– बलिउडमा महात्मा गान्धीमाथि थुप्रै फिल्महरु बनेका छन् ।

उनीमाथि बनेको एउटा फिल्म गान्धीले त ८ वटा अस्कर अवार्ड नै जितेको थियो ।

उनले आफ्नो जीवनमा केवल दुई वटा फिल्म मात्र हेरेका थिए ।

तीनमा एउटा विदेशी भाषाको फिल्म थियो भने अर्को हिन्दी भाषाको ।

महात्मा गान्धिले हेरेको हिन्दी फिल्म थिए ‘राम राज्य’ ।

उक्त फिल्मको प्रदर्शन २ जून १९४४ मा मुम्बईको जुहूमा गरिएको थियो ।

डीएनएको एउटा रिपोर्ट अनुसार त्यो बेला महात्मा गान्धीको स्वास्थ्य खासै ठिक थिएन र उनले मौन–व्रत धारणा गरेका थिए ।

डाक्टरहरुको अनुमतिपछि उनले आधा घण्टाका लागि उक्त फिल्म हेर्न पुगेका थिए ।

यद्यपि, फिल्मको कथाले उनलाई निकै प्रभावित बनाएको थियो र उनले एक घण्टाभन्दा बढी समयसम्म उक्त फिल्म हेरेका थिए । उक्त फिल्म १९४३ मा बनेको थियो, जसलाई विजय भट्टले निर्देशन गरेका थिए ।

राम राज्यबाहेक महात्मा गान्धीले हलिउडको फिल्म ‘मिशन टु मस्को’ हेरेका थिए, तर केही रिपोर्टहरुका अनुसार यो फिल्मले उनलाई प्रभावित बनाउन सकेको थिएन ।

रमाइलो कुरा के छ भने महात्मा गान्धीमा आधारित फिल्म गान्धी सन् १९८२ मा प्रदर्शन भएको थियो ।

उक्त फिल्मलाई अत्यधिक रुचाइएको थियो ।

बेन किङ्सले उक्त फिल्ममा महात्मा गान्धीको चरित्र निर्वाह गरेका थिए ।

सन् १९८३ को अस्कर अवार्डमा यो फिल्म हावी रह्यो ।

गान्धीले अस्करका विभिन्न ११ विधामा मनोनित हुन सफल भएको थियो भने यसले ८ वटा अस्कर अवार्ड आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

आज जनवरी ३० का दिन महात्मा गान्धिको जन्म जयन्ती मनाइन्छ ।

सन् १८६९ अक्टोबर २ मा जन्मिएका गान्धिको जनवरी ३०, १९४८ का दिन गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय